
१९ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त नगरपालिका १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको हो ।
त्यसैगरी होम आइसोलेसनमा बसेमा भिमदत्त नगरपालिका १८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार