कैलालीका थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

यस्तै, धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस