तुलसीपुरमा रोकिराखेको कारभित्र तीन बालक मृत फेला

१९वैशाख,दाङ । दाङको तुलसीपुरमा तीन बालक मृत अवस्थामा फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा रोकी राखेको भारतीय नम्बर प्लेटको कारमा मृत फेला परेको ईप्रका तुलसीपुरले बताएको छ।

अहिले उक्त घटना स्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ। इन्डियन प्लेट जे ०१६६०८८५ को उक्त्त गाडीमा भेटिएका ती शवहरूका बारेमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

‘चार महिनादेखि पार्किङ गरिराखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस