
१९वैशाख,धनुषा । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि धनुषामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २१ गते बिहान ६ बजेदेखि ३१ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिभर सवारीसाधनसँगै अत्यावश्यकबाहेकका सम्पूर्ण सेवामा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार