
१९ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एकैदिन तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार