रोल्पाको त्रिवेणी गाउँपालिकाका १० जनामा कोरोना संक्रमण

फाइल फाेटाे

२०वैशाख, रोल्पा । त्रिवेणी गाउँपालिकामा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

२४ जनाको स्वाब परीक्षण गरिएकोमा जनप्रतिनिधि,कर्मचारी र स्थानीयवासी गरि १० जनामा संक्रमण देखिएको गाउँपालिले जनाएको छ ।

एन्टिजेन विधिबाटआज परीक्षण गर्दा २४ जनामध्य १० जनामा संक्रमणको पुष्टि भएको हो ।

संक्रमणको जोखिम बढेपछि गाउँपालिका भित्र अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

त्यसैगरी गाउँपालिका भित्र एम्बुलेन्स बाहेक अन्य गाडी चल्न रोक लगाइएको छ । अत्यावश्यकीय खाद्यान्नका पसलहरु बिहान ७ बजेदेखि ८ बजे र दिउँसो ४ बजेदेखि ५ बजेसम्म मात्रै खुल्न पाउनेछन् ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस