२०वैशाख, काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोकाकोला नेपालले २ करोड ४० लाख रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ।
सोमबार कम्पनीले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको दोस्रो लहरको विनाशबाट राहत दिन २ करोड ४० लाख रुपैयाँ खर्च गरिने घोषणा गरेको हो।
कोका—कोलाले यो संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पुर्याउन र फैलिएको महामारीलाई रोक्न २ करोड ४० लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गर्दछु कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार