
२१वैशाख,काठमाडौँ। सुनको मूल्य आज बढेको छ ।
सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
सोमबा सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार