गंगादेव गाउँपालिकाद्वारा सबै सीमा नाका बन्द

२१रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले सबै सीमा नाका बन्द गरेको छ ।

एकैपटक ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका भित्रने सबै नाका बन्द गरेको हो ।

गाउँपालिका भित्रका स्वास्थ्य ,एम्बुलेन्स,खाद्यान्न गाडी बाहेक सम्पूर्ण कार्यालय ,यातायात ,विद्यालय ,बैंक,वित्तीय संस्था ,बजार पनि बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

गंगादेव गाउँपालिकामा कारोना संक्रमित एक जनाको समेत मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुहाेस् :

रोल्पाको गंगादेवका ४२ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस