फाईल फोटो
२१वैशाख,काठमाडौँ । त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा बम राखिएको सूचना प्राप्त भएपछि आन्तरिक उडानहरू प्रभावित भएका छन्।
अज्ञात व्यक्तिले विमानस्थलमा दर्जन बम राखेको भनी फोनमा जानकारी दिएलगतै विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
शंकास्पद बस्तु भेटिएको भन्दै बिमान चढिसकेका यात्रुहरूलाई पनि आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको छ।
सुरक्षाकर्मीहरूले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको छ।
प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार


