थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

२५वैशाख,काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जना जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख लाख ८५ हजार ८९० पुगेका छन्। त्यस्तै पछिल्लो समय थप ३ हजार ३७० जना निको भएका छन्। यससँगै निको हुने दुई लाख ९८ हजार ७६५ छन्।

अहिले देशभर ८३ हजार ४९३ सक्रिय सङ्क्रमित छन् । हाल तीन सय ९८ जना क्वारेन्टिनमा छन्।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५३ जनाको मृत्यु भएको छ। हालसम्म तीन हजार ६३२ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस