गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

२६वैशाख,पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।

आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन्।

प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो।

तर अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन नै उनले राजीनामा दिएका हुन्।

मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस