रोल्पाको गङ्गादेवमा कांग्रेस–माओवादी कार्यकर्ताबीच झडप

सांकेतीक तस्विर

२७ वैशाख, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय गुण्डाको रुपमा परिचित राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट कांग्रेसनिकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र सोही वडाका २० वर्षीय कमल बुढामगर गम्भीर घाइते भएका छन्।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ।
अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् । प्रहरीले घटनाबारे छानबिन सुरू गरिने सापकोटाले बताए छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस