काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९ सय २७ कोरोना संक्रमित

फाइल फाेटाे

२८वैशाख, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस