थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमित

२८वैशाख,काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस