२९ वैशाख, रोल्पा । रोल्पाको थबाङस्थित उवामा एमाले–कांग्रेस गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा उवाका स्थानीय नवीन रोकामगरका अनुसार भोलि हुने स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र व्यवस्थापन गरेर घर फर्कदै गरेका एमाले–कांग्रेसका कार्यक्रर्तालाई माओवादीका कार्यक्रर्ताले बाटो छेकेर आक्रमण गर्न खोज्दा दुई समूहबीच झडप भएको हो।
झडपपछि एमाले–कांग्रेसका करिब १२ जना कार्यकर्ता सम्पर्कविहीन भएका छन्।
घटना बेलुकी साढे ८ बजेतिर भएको र साे स्थानस्थल तर्फ सशस्त्र प्रहरीको एक टोली गइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन्।घटनाको यकिन विवरण आउन बाँकी छ।
प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार


