
३० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट बिहीबार एकैदिन १४ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ८ जना महिला र ६ जना पुरुष गरी कुल १४ जनाको मृत्यु भएको हो ।
जसमध्ये बाँकेका ९ जना र बाहिरी जिल्लाका ५ जना रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार