रोल्पामा मध्यान्हसम्म ३० प्रतिशत मतदान

३०वैशाख, रोल्पा । रोल्पामा मध्यान्ह १२ बजे सम्म ३० प्रतिशत मतदान भईसकेको छ ।
१०स्थानीयतह रहेको रोल्पामा ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्र रहेका छन् ।

रोल्पाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान भई रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकृत धृताकुमारी केसीले बताएकी छन् ।

मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जिल्लामा शान्ती पुर्ण र मर्यादित निर्वाचन भईरहेको छ । उनले कतै ५० प्रतिशतसम्म मत खसेको छ भने कतै २५ मात्र पनि खसेको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस