मनाङको चामे गाउँपालिकाबाट एमालेले खोल्यो खाता

३१वैशाख, काठमाडौँ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्।

यसअघि पनि उनी अध्यक्ष थिए। यो सँगै स्थानीय तह निर्वाचन २०७९ मा एमालेले जितको खाता खोलेको छ।

घलेले ३ सय २० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन्। उनले ३ सय २५ मत ल्याइन्। प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन्।

चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक घोषणा हुन भने बाँकी छ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस