सुनिस्मृतिमा माओवादी केन्द्रको अग्रता

३१ वैशाख, रोल्पा ।सुनिलस्मृति गाउँपालिका १ हजार ४ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।

सार्वजनिक मत गणना अनुसार अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मनिराम बुढाथाकीले ५९४ मत ल्याएर अग्रता लिएका छन् ।
बुढाथोकीलाई नेपाली कांग्रेसका उम्मेदवार गन्जबहादुर क्षेत्रीले ३०४ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार तारा सेनले २४ मत ल्याएकी छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मिना थपाले ५७८ मत ल्याएकी छन्। कांग्रेसकी तेजकुमारी विष्टले २९० मत ल्याएकी छन्। एमालेका खीमचन्द्र पुन मगरले ४४ मत ल्याएका छन् । राप्रपाकी शान्तिकुमारी १६ मत ल्याएकी छन् ।
अहिले वडानम्बर १ बाट मतगणना सुरु भइरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस