३१वैशाख, लिबाङ। रोल्पामा नेकपा (माओवादी केन्द्र)ले ३ वटा वडामा विजय हासिल गरेको छ ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ माओवादी केन्द्रका देउराम घर्तीमगरको प्यानल विजय भएको छ । घर्तीले ४८८ मत प्राप्त गरेका छन् । भने कांग्रेसका दिलबहादुर घर्तीमगरले ४१२ मत प्राप्त गरेका छन् ।

त्यस्तै थबाङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका गोर्वधन घर्तीमगर ३९५ मत प्राप्त गरी विजय भएका छन् ।

त्यस्तै सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १मा पनि माओवादी केन्द्रका पवन कुमार कवर विजय भएका छन् । कवरले ७८६ मत प्राप्त गरेका छन् । भने एमालेका शशिराम कवरले ३७४ मत प्राप्त गरेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।