३१वैशाख, रोल्पा । रोल्पामा नेपाली कांग्रेसले खाता खोलेको छ।

गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएसँगै कांग्रेसले रोल्पामा पनि विजयी सुरुवात गरेको हो।

वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मतका साथ विजयी हासिल गर्दा एमालेले २ सय ४० र माओवादीले २ सय २४ मत ल्याएको छ।