३१वैशाख, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–४ उवामा नेकपा (माओवादी केन्द्र) पराजित भएको छ।
युद्धदेखि अहिलेसम्म माओवादी प्रभावक्षेत्र मानिएको थबाङ–४ मा वडाध्यक्ष पद जितेपछि नेकपा (एमाले) रोल्पाले नयाँ इतिहास रचेको हो।
थबाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा जितको खाता खोलेको छ। उवा गाउँमा सूर्य चिन्हबाट चुनावी मैदानमा भिडेका सबै उम्मेदवारहरू विजयी बनेका छन्।
एमाले उम्मेदवार हिक्मत मगरले माओवादी केन्द्रका पुनबहादुर विश्वकर्मालाई २४ मतले पराजित गरेका छन्।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार


