३१वैशाख, रोल्पा । रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रको बराबर पत आएपछि गोलाप्रथा गराइएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार देउचन्द थापा र नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् । उक्त वडाको सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।