सुनिलस्मृति २ मा स्वतन्त्र उम्मेदवार गिरी विजयी

३१वैशाख, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन्।

कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए। निर्वाचनमा लौरो चिन्हबाट लडेका गिरीले ५०७ मत ल्याएर विजयी भएका हुन् ।

गिरीले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारमा चाखी चुनाव चिन्हमार्फत विजयी भएका थिए ।

 

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस