२जेठ, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस हरीबहादुर पुन २५५७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रोशनकुमार वलीे २४९९ प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका अमृताकुमारी केसीले २ हजार ९ सय ९ मत प्राप्त गरी विजयी भएकी छन् । भने एमालेकी नुर्मलाकुमारी वलीले २ हजार ४ सय ४२ मत प्राप्त गरेकी छन् ।

सात वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ५ वटा वडामा जितेको छ । भने एमाले–माओवादीले एकएक वडामा जितेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका बीरबहादुर खत्रीले २४१४ मत प्राप्त गरी विजयी भएका थिए । तर अहिले माओवादी र नेकपा (एकिकृत समाजवादी) गठबन्धन गर्दा समेत खत्री २०९३ मत ल्याएर पराजित भएका छन् ।

गठबन्धनबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार एकिकृत समाजवादीका नेपबहादुर डाँगीले १८११ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदावर दिएका नेकपा विप्लव सम्मूहका केन्द्रिय सदस्य चुडामणी ओलीले १ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा स्वान्त्र उम्मेदवार दिएकी शुशिला वलीले ८ सय ६१ मत प्राप्त गरेकी छन् ।