रोल्पाको रुन्टीगढीमा कांग्रेसका पुन र केसी विजयी

३जेठ, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले जितेको गाउँपालिका यसपटक भने नेपाली कांग्रेसले जितेको हो ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जनक पुन र उपाध्यक्षमा सरिता केसी विजयी भएका छन् । अध्यक्ष पुनले ४ हजार ३९१ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्द्र पुनले ३ हजार ७०८ मत पाए।

एमाले तेस्रो स्थानमा सीमित रहेको छ । एमालेका यामबहादुर दसौदी रानाले ३ हजार ५८७ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी सरिता केसी विजयी भएकी छन् । केसीले ४ हजार ४३७ मत पाएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी हस्तमाली बाँठामगरले ३ हजार ६ सय ३६ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस