३जेठ, रोल्पा ।रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले, कांग्रेस र विप्लव नेकपाको गबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुनमगर र उपाध्यक्षमा ननकला घर्ती विजयी भएका हुन ।

अध्यक्षमा पुनमगरले ३ हजार ४३९ मत ल्याएर तीन दलिय गठबन्धनका स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरलाई पराजित गरेका हुन् । विप्लव नेकपाका पूर्व जिल्ला सेक्रेटरी समेत गरेका पुस्तमनले १ हजार ५२३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्तीले ३ हजार ४९२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट नेपाली कांग्रेसका कोमबहादुर बुढाले १ हजार ६११ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका भाज घर्ती मगर १८१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी टेकबहादुर खत्रीले ४४ मत प्राप्त गरेका छन् । भने जनता समाजवादी पार्टी, नेपाल गन सिं बुढामगर ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका रतीमाला घर्तीले १७३ मत प्राप्त गरेकी छन् ।