कांग्रेस जिल्ला सभापतिहरूको निष्कर्ष : ‘सरकारको लापरवाहीले भयावह अवस्था सिर्जना भयो’

४जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल भेलाले सरकारको ढिलासुस्तीका कारण अहिलेको भयावह अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ।

आज भर्चुअल माध्यमबाट सम्पन्न ३३ जिल्लाका कांग्रेस सभापतिहरूले सरकारकै बेवास्ता र लापरवाहीले कोभिड-१९ नियन्त्रणमा समस्या देखिएको निष्कर्ष निकालेको हो।

भर्चुअल भेलाले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिक हुने पर्नेमा जोड दिएको सुनाउदैं पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले समसामयिक राष्ट्रिय राजनीति, कोभिड-१९ को अवस्था र पार्टीको १४ औं महाधिवेशनको सम्बन्धमा छलफल केन्द्रित रहेको बताए।

‘सो भेलामा कोभिड-१९ को नियन्त्रण र जनस्वास्थ्यको उचित व्यवस्थापनको लागि सरकारलाई दबाब दिने, पार्टी नेतृत्वलाई आवश्यकताको आधारमा राष्ट्रिय भूमिका खेल्न अनुरोध गर्ने र पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै गर्न चौतर्फी दबाब सिर्जना गर्ने देशभरका कांग्रेस जिल्ला कार्यालयलाई आइसोलेशन एवम् क्वारेन्टाइन बनाउन पहल गर्ने निर्णय भएको छ’ उनले भने।

कांग्रेस रोल्पाका सभापति पुनको संयोजनमा भएको सहजीकरण कांग्रेस काभ्रेका सभापति मधु आचार्यले गरेको भेलामा सिन्धुपालचोक सभापति बिकास लामा, पाँच सभापति नरेन्द्र केरुङग्, ताप्लेजुङ सभापति लिला बोखिम, तेह्रथुम सभापति ग‍ोबिन्द ढुंगाना, संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ, सुनछरी सभापति राजिब कोइराला, सिरहा सभापति रामचन्द्र यादव, सर्लाही सभापति नगेन्द्र राय, पर्सा सभापति अजय दुबेदी, काठमाडौँ सभापति कृष्णसबुज बानिया, धादिङ सभापति रमेश धमाला, तनहुँ सभापति बैकुन्ठ न्यौपाने, कास्की सभापति कृष्ण केसी, चितवन सभापति जितनारायण श्रेष्ठ, नवलपुर सभापति बिस्नु लामिछाने, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, अर्धाखाँची सभापति बिष्णुमुस्कान खनाल, प्युठान सभापति अमरप्रसाद भण्डारी, कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्य, बर्दिया सभापति संजय गौतम, बाँके सभापति किरण कोइराला, सुर्खेत सभापति कमलराज रेग्मी र दैलेख सभापति कृष्णकुमार बिसीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस