कांग्रेसले बोलायो संसदीय दलको बैठक

४जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसद् भवनको ल्होत्से हलमा ५ जेठ दिउँसो साढे २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको काँग्रेसले बताएको छ ।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने भुसालले बताइन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस