
४जेठ, रोल्पा । रोल्पामा जारी निषेधाज्ञा आगामी जेठ २० गतेसम्मका लागि थप गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
कोरोना भाइरसको संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेकाले संक्रमण रोकथाम, नियन्त्रणका लागि निषेधाज्ञा थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
रोल्पामामा वैशाख २२ गते विहान ६ बजेदेखि जेठ ५ गते रातिसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । जेठ ५गतेसम्म लगाइएको निषेधाज्ञालाई जेठ २० गतेसम्म थप गरिएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार