निर्मातासँग सुटुक्क श्रीलङ्का गएपछि श्वेताको ‘डिभोर्स’

श्वेता तिवारी (४०)। हुन न त उनी एक भारतीय मोडल र अभिनेत्री हुन्। तर उनको चर्चा विश्वभर नै छ। उत्तर प्रदेशको प्रतापगढमा जन्मिएकी श्वेताले सन् २००४ बाट नै आफ्नो मोडलिङ करियर सुरु गरिसकेकी थिइन्। अझै भन्ने हो भने, मोडलिङ करियर पनि उनको टेलिभिजनबाट सुरु भएको थियो।

त्यसो त उनी योग्यता हासिल गरेका अभिनेत्रीहरुको सुचीमा पनि अग्रपंक्तीमै आउँछिन्। ‘कर्मस’बाट स्नातकोत्तर गरेकी श्वेता रहरले फेरी अभिनयमा ‘ग्राजुयशन’ गरिन्।

उनको सुन्दरताकै कारण कयौं निर्देशक र निर्माता पनि पछि लागे। जसले गर्दा केही आलोचनात्मक स्क्यान्डलहरु पनि बाहिर आए। खासमा श्वेतालाई यस क्षेत्रमा कसैले वास्ता गरेका थिएनन्। तर ‘कसौटी जिन्दगी के’ मा उनले निभाएको ‘प्रेरणा शर्मा’को भूमिकाले उनलाई एकाएक चर्चामा ल्यायो।

व्यक्तिगत जीवनमा उनले दुईवटा विवाह गरेकी छन्। सन् १९९९ मा उनले व्यवसायी राजा चौधरीसँग विवाह गरेकी थिइन्। तर त्यो सम्बन्ध किर्माथ टिक्न भने सकेन। जसको कारण सन् २०१२ मा सम्बन्धविच्छेग नै गर्नुपर्यो।

उक्त सम्बन्धविच्छेद हुनुमा उनको आलोचनात्म स्क्यान्डल पनि एउटा कारण हो। सन् २००७ मा उनले एउटा चलचित्रको लागि सम्झौता गरेकी थिइन्। उक्त सम्झौता गर्दा चलचित्रको निर्मातासँग उनको नाम जोडिन पुग्यो। यहाँ सम्म कि, उनी ती निर्मातासँग परिवारको आँखा छलेर श्रीलङ्का बिदा मनाउन गएकोसमेत भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे।

पछि त्यो विषय यति भाइरल बन्यो कि श्रीमानसँगै श्वेताको सम्बन्ध बिग्रन पुग्यो। यो विषयले श्रीमानसँग श्वेताको करिब चार वर्षसम्म विवाद भइरह्यो। र मूलत श्रीमानले डिभोर्सको प्रस्ताव अघि सारे। श्वेता पनि यो तनाबबाट मुक्त हुन चाहन्थिन सायद, सजिलै डिभोर्सको लागि राजी भइन्। डिभोर्स गरेको एक वर्षमै श्वेताले फेरी जुलाई १३, २०१३ मा अभिनव कोहलीसँग विवाह गरिन्।

अहिले उनी राम्रै जीवन बिताइरहेकी छन्। उमेर ४० पुगेपनि उनी २४ वर्षीया युवतीजस्तै देखिन्छन्। सामाजिक सञ्जालमा उनले शेयर गर्ने बाेल्ड तस्वीरहरु निकै भाइरल भएकाे पाइन्छ। उनलाई चाहने दर्शकहरु नगन्य छन्। ‘मधाेशी’ (हिन्दी), ‘अब्राका दाबरा’ (हिन्दी), ‘हमार शैंया’ (भाेजपुरी), ‘अप्नी बाेली अप्ना देश’ (पन्जाबी), ‘बेन्नी एण्ड बब्लु’ (भाेजपुरी) उनका चर्चित चलिचत्र हुन्। विएल नेपाली सेवा

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस