रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

४जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेरदवार कर्णबहादुर बाँठामगर विजयी भएका छन् ।

बाँठामगरले ५ हजार ८५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रेशम पुनले ४ हजार ४६३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएकी छन् । डाँगीले ४ हजार ५७६ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भागी सरा बन्दिपुरे(खड्का)ले ३ हजार ८६५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस