दाउन्नेमा भएको बस दुर्घटनामा ४जनाको मृत्यु

सांकेतिक तस्विर

५ जेठ, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट पश्चिमको दाउन्ने भिरबाट बस खस्दा ४ जनाको ज्यान गएको छ ।

काठमाडौंबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित ३ दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस