एकैदिन २४६ कोरोना संक्रमितको मृत्यु

५जेठ,काठमाडौँ । नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस