
फाइल फाेटाे
६ जेठ, पर्सा । पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको जारी गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ ।
सरकारी र निजी सेवा कार्यालय र निकायले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयकाे सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार