
फाइल फाेटाे
६ जेठ, काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
बिहीबार भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले ४ हजार १४ र नेमकिपाका कृष्ण महर्जनले १३२ मत पाएका छन्।
प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार