थप ८३०५ जनामा कोरोना पुष्टि, १९० को मृत्यु

६जेठ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस