
७जेठ,काठमाडौँ। नेपाली काँग्रेस राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ ।
यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ ।
बैठक विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।
याे पनि पढ्नुहाेस् :
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार