कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

८जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेको हो।

दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। यता, सिरोहियाले आफ्नो पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत हालेका छन्।

सिरोहियालाई भेट्न पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडासमेत कान्तिपुरको कार्यालयमा पुगेका थिए। यसैगरी पत्रकार महासंघको टोलीलगायतका व्यक्तिहरू कान्तिपुर पुगेका थिए।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस