७जेठ, काठमाडौं । नेकामा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाले बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा गरिएका दुबै दाबिलाई खारेज गरेकी छन ।

नयाँ प्रधानमन्त्रीका लागि प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी पेश गरेका थिए भने विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेका थिए ।

शुक्रबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यलयले भनेको छ, ‘संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधार बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरुको दाबी नपुगेको देखिएकोले प्रधामन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

यस्तो छ विज्ञप्ति