मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयोः कांग्रेस नेता डा.कोइराला

फाइल फाेटाे

८जेठ,काठमाडौँ । मध्यरातमा मध्यावधि चुनाव घोषणा भएपछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिले संविधान च्यातेको टिप्पणी गरेका छन् ।

डा. कोइरालाले शनिवार बिहान ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चिएको पनि आरोप लगाएका छन् ।

उनले भनेका छन्, संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस