जनतामा ओलीप्रति सहानुभूती बढदै छः शंकर पोखरेल

८जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीप्रति सहानुभूति बढिरहेको दावी गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया लेख्दै पोखरेलले एकोहोरो रुपमा प्राधनमन्त्रीको आलोचना गर्ने तर आफुहरुले गरेको असंसदीय व्यवहार नदेख्ने प्रबृतीकै कारण ओलीप्रति सहानुभूति बढेको दावी गरे ।

पोखरेलले लेखेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा ओलीप्रति सहानुभूती बढदै छ।’

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस