
तस्बिरः पहलमान जिएम
८ जेठ,रोल्पा। रोल्पामा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ६ सय ७८ पुगेको छ ।
संक्रमितहरु रोल्पा अस्पतालको आइसोलेशनमा ७ जना, जिल्ला भित्रका विभिन्न आइसोलशनमा ७२ जना रहेका छन् । भने ५ सय ९९ जना कोरोना संक्रमितहरु होम आइसोलशनमा रहेको जिल्ला प्रशासनक कार्यालय रोल्पाले जनाएको छ ।
रोल्पा हासम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने हालसम्म ७२ जना संक्रमितले कोरोना जितेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार