संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

८ जेठ, काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलहरूले संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको बैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस