
१०जेठ,काठमाडौँ । सुनको आज मूल्य बढेको छ ।
आइबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रूपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार