
१०जेठ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ ।
राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले भत्सर्ना गरेका छन् ।
‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् ।
अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले फिर्ता लिन माग गरेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार