
फाइल फाेटाे
१०जेठ,काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारी थालेका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरू हस्ताक्षर र नागरिकतासहित सोमबार सर्वोच्च अदालत जान तयारी थालेका हुन्।
विघटनविरुद्ध रिट हाल्नका उनीहरु सर्वोच्च अदालत जान लागेका हुन्।
आइतबार जाने भनिएपनि समय नभएका कारण विपक्षी गठबन्धन सोमबार सर्वोच्च जाने भएको हो। अहिले गठबन्धले सांसदहरुलाई रिटमा हस्ताक्षर गराउँदैछन्।
प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार