अर्घाखाँचीमा जेठ २० सम्म निषेधाज्ञा थपियाे

१०जेठ,अर्घाखाँची । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अर्घाखाँचीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै वैशाख २० देखि जारी निषेधाज्ञा थप गरेका हुन् ।

अर्घाखाँचीमा वैशाख २० गतेदेखि निषेधाज्ञा सुरु भएको थियो ।

सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै रहेकोले समुदाय स्तरमा संक्रमणको न्यूनिकरणका लागि निषेधाज्ञा आवश्यक रहेको भन्दै थप गर्न सिफारिस गरेको थियो ।

केन्द्रको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी पौडेलले २० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस