माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

फाइल फाेटाे

१०जेठ,काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

एमाले प्रचार विभाग उप–प्रमुख सूर्य थापाका अनुसार केही दिनअघि स्पष्टीकरण सोधेका ११ नेताहरुमाथि कारबाही गरिएको हो।

जसमा झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन्।

उनीहरुलाई पार्टी हितविपरित काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर, नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन्।

बालुवाटारमा बसेको बैठकले थप १२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस